साराको फिल्म हेर्न अरु आए, उनी आइनन् !

बुधबार राजधानीको क्यूज हलमा सुश्री सम्पत्ती फिल्मको सेलिव्रेटी शो राखिएको थियो । सुव्रतराज आचार्यको निर्देशनमा बनेको यो फिल्म हेर्नका लागि फिल्म क्षेत्रका नाम चलेका कलाकार पुगेका थिए ।

यस्ता खालका स्क्रिनिङ नेपाली फिल्ममा निर्माताले धेरै गर्दैनन् । तर, यसको मेकरले फिल्मको विशेष स्क्रिनिङ राखेर फिल्मीकर्मी र पत्रकारको सुझाव वुझ्ने प्रयास गरेको थियो ।

यो फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपानेलाई निर्देशकले मुख्य भूमिका दिएका छन् । तर, आफ्नै फिल्म हेर्नका लागि अभिनेत्री सारा आइनन् ।

साराका लागि यो फिल्म विशेष छ भन्ने कुरा उनका कुरा सुन्दा पनि थाहा हुन्छ । साराको अघिका २ फिल्म चलेका छैनन् । यही भएर पनि सुश्री सम्पत्तीको प्रतिक्रिया लिन र आफ्नो कामको राम्रो नराम्रो वुझ्नका लागि सारा उपस्थित हुनुपर्ने हो । तर, खै किन हो साराको फिल्म हेर्न अरु आए उनी नै आइनन् ।

कि सारालाई फिल्मीकर्मी र पत्रकारको प्रतिक्रिया लिन डर लागेको हो । हिजोको दिन उनका लागि विशेष थियो । तर, उनी नै कार्यक्रममा नआउँदा थोरै खल्लो भएको थियो ।