‘सुश्री सम्पति फरक कमेडी’ दीपकराज गिरी

केहि पत्रकार र कलाकारका माझ ‘सुश्री सम्पति’ बिशेष शो सम्पन्न भएको छ । उक्त शोमा फिल्म क्षेत्रका व्यक्तित्व, कलाकारका साथ केही समय अघि फिल्मको प्रिमियर र बिशेष शो मै नजाने भनेर घोषणा गरेका दीपक राज गिरी समेत देखिएका थिए । दीपा श्री निरौलासंगै फिल्म हेरेर निस्किएका उनले फिल्म राम्रो भएको बताए । तर आफ्नै बोलीको टुंगो भएन नि भन्ने पत्रकारको प्रश्नमा उनले अन्कनाउदै हास्य विधाको फिल्म भएको कारण हेर्न आएको बताए । उनलाई जवाफ दिन दीपाले समत सघाइएकी थिइन् । साथै पत्रकारको फिल्म भएका कारण सम्बन्ध व्यवस्थापन (रिलेसनसिप मेन्टेन) गर्न सुब्रत राज आचार्य निर्देशित फिल्म हेर्न पुगेको बताए । उनले फिल्मको बारेमा बोल्दै कमेडी पनि फरक फरक विधाको हुने भनेका छन् । तर छक्का पन्जा भन्दा सुश्री सम्पति कस्तो फरक प्रकारको छ भनेर भने छुट्याएनन् ।

शुब्रत राज आचार्य निर्देशित फिल्ममा सलोन बस्नेत, सारा शिर्पाइली र बिनोद न्यौपानेको मुख्य भूमिका रहेको छ । कमेडी जनरामा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ । फिल्ममा नायिका प्रियंका कार्की अतिथि भूमिकामा देखिनेछिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक शुब्रत आचार्य आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।