‘शुभ लभ’ पोष्टर सार्वजनिक

चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयको निर्माण रहेको फिल्म ‘शुभ लभ’ को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोष्टरमा युवा ज्योतिष तथा लेखक हरिहर अधिकारी र नव नायिका कृष्टिना पौडेललाई देख्न सकिन्छ ।

सन्तोष बाबु लोहनीको निर्देशन रहेको लभ स्टोरी फिल्ममा हरिहर र कृष्टिनीसँगै प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेको छ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहेको छ ।

अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहर कै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा ‘शुभ लभ’ प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहेको छ । फिल्म ‘शुभ लभ’ लाई चैत १५ गते प्रदर्शन गरिने छ ।