एक दिन नबित्दै क्याप्टेनको गीत ट्रेन्डिङ नम्बर एकमा

- मेराेफिल्म

फिल्म क्याप्टेनको गीत ‘रहर छ संगै’ रिलिज भएको आठ घण्टा नबित्दै युटुबको ट्रेन्डिङ नम्बर एकमा पर्न सफल भएको छ । गीतमा अन्जु पन्त र सुगम पोखरेलको आवाज रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा डीगराज धौरालीको शब्द रहेको छ भने सैलेन्द्र एम प्रधानले संगीत संयोजन गरेका छन् । सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म क्याप्टेनमा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् । भुवन केसी निर्माता रहेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको फुटबल कोचको भूमिकामा देखिने छन् । फागुन १७ देखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोल केसीसँगै सुनिल थापा, सरोज खनाल, विल्सन बिक्रम राईको साथमा नायिकाहरु उपासना सिंह ठकुरी, प्रियंका एमभी लगायतको अभिनय रहेको छ ।

२०७५ मंसिर २८ गते १२:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *