पोष्ट प्रोडक्सनमा ‘मेरो आफ्नो’

फिल्म ‘मेरो आफ्नो’ को पोष्ट प्रोडक्सनको काम भइरहेको छ । मौनता श्रेष्ठको लेखनमा तयार भएको फिल्म पारिवारिक तथा प्रेमकथामा आधारित छ । ओम साई भक्त मिडिया प्रालिका लागि श्रीराम बराल प्रस्तुत यो फिल्ममा केवलजंग कुँवर, सुजता थापा, रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुन्दर श्रेष्ठ, शंकर आचार्य लगायतका कलाकारको अभिनय रहेको छ ।

चितवन, पोखरा र मुस्ताङमा छायांकन गरिएको फिल्मको रिलिज मिति भने हाल तोकिएको छैन । राजु अधिकारीले फिल्मको निर्देशन गरेका हुन् । रामकृष्ण बजिमया कार्यकारी निर्माता रहेको फिल्ममा बसन्त शर्मा, निलबहादुर केसी र बिना देवी श्रेष्ठको पनि लगानी साझेदारी रहेको छ ।

फिल्ममा पवन गौतमको छायांकन, हिमाल केसीको द्धन्द तथा ताराप्रकाश लिम्बु र प्रतिक पौडेलको संगीत रहेको छ । फिल्मको गीतमा कमल राई, रामजी लामिछाने र किरणको कोरियोग्राफी हेर्न सकिन्छ ।