प्रेमलीलाको दोश्रो गीत ‘मिस गरेँ’ सार्वजनिक

- मेराेफिल्म

फिल्म ‘प्रेमलीला’को दोश्रो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको ‘मिस गरेँ’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको भिडियोमा नायिका दिपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड छन् । सार्वजनिक गीतमा डा कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत रहेको छ भने युवराज चौलागाई र मेलिना राईको स्वर सुन्न सकिन्छ । सार्वजनिक भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । यसअघी फिल्मको फर्स्ट लुक पोस्टर र हिन्दी भर्सनको गीत सार्वजनिक भइसकेको छ । नायिका दिपशिखा खड्का र

दीपशिखा खड्का र मौसम खड्कासंगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्ममा सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्का कै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुँदैछ ।

२०७५ मंसिर २८ गते १५:२४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *