अन्योलमा ‘जात्रै जात्रा’ प्रदर्शन

फागुन १७ गते देखी प्रदर्शन गर्ने तयारी गरिएको फिल्म जात्रै जात्राको प्रदर्शन मिती पर सरेको छ । केही समय अगाडी छायाङ्कन स्थल जाने क्रममा नायक विपिन कार्की मोटरसाइकल दुर्घटनामा परेपछी उनको खुट्टाको अपरेसन गरिएको थियो । विपिनको खुट्टाको समस्याका कारण उनले सुटिङ सेट जोइन गर्न सकेका छैनन् । सोही कारण फिल्म पुर्व निर्धारित मितीमा प्रदर्शन गर्न नसकिने जात्रै जात्रा निर्माण पक्षले जनाएको छ ।

‘नायक विपिन कार्की दुर्घटनामा परेर घाइते भएपछि अहिले फिल्मको छायांकन रोकिएको छ । यसैले सो मितिमा चलचित्र रिलिज गर्न नसक्ने भएका हौं’, निर्देशक प्रदिप भट्टराइले भने । फिल्ममा विपिनसँगै बर्षा राउत, रविन्द्र सिंह बाँनिया लगायतको मुख्य भूमिका रहेको छ । फिल्मको नयाँ प्रदर्शन मिती चाँडै सार्वजनिक गर्ने निर्माण पक्षले बताएको छ ।