‘दि ब्रेकअप’ प्रदर्शन मिति हेरफेर

आशिरमान देशराज अभिनित फिल्म ‘दि ब्रेकअप’ अनमोल केसी स्टाररफिल्म क्याप्टेनसंग जुध्ने भएको छ । यसअघि पौष २७ लाई प्रदर्शन मिति तय गरेको फिल्म अब फागुन १७ मा रिलिज हुने भएको हो । फिल्मको प्राविधिक कामहरु नसकिएको भन्दै निर्माण टिमले प्रदर्शन मिति हेरफेर गरेको हो । निर्देशक हेमराज बिसीले भने, ‘फिल्ममा समावेश हुने २० प्रतिशत भिएफएक्सको कामलाई समय अभाव भएको तथा आवश्यक प्रचार प्रसारमा समय निकाल्न नसकेकोले रिलिज सार्न बाध्य भयौँ, फागुन १७ बाहेक उपयुक्त डेट भेटेनौँ ।’

फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।