पञ्चेबाजा गीत ‘झल्को’

गायकहरु रामु विरही, प्रकाश रोका र गायिका धर्तिमा थापाको आवाजमा रहेको सालेजौ पञ्चेवाजाको गीत ‘झल्को’ सार्वजनिक भएको छ । गीतमा बाग्लुङको गल्कोटमा गाइने भाकालाई समेटिएको छ । गीतमा धर्तिमा थापा मगर र प्रकाश रोक्काको लय तथा शब्द सिर्जना रहेको छ । भिडियोमा बासु न्यौपानेको छायाँकन, रोशन धितालको सम्पादन, रेशम सापकोटाको निर्देशन रहेको छ । गीतमा रामु विरही, धर्तिमा थापा मगरको अभिनय रहेको छ ।