कस्तो सम्बन्ध खोज्दैछिन् स्वेता ?

अभिनेत्री स्वेता खड्काले फिल्म कान्छी रिलिजपछि नयाँ फिल्ममा काम गरेकी छैनन् । स्वेता फिल्ममा भन्दा पनि माझी बस्तीमा घर निर्माणमा तल्लिन छिन् ।

स्वेता काममा व्यस्त भएपनि उनी सामाजिक संजालमार्फत फ्यानसँग जोडिन भने सधै तल्लिन छिन् । उनका तस्बिर र भावना पोकिएका स्टाटस दैनिक आउँछन् ।

स्वेताले अहिले सम्बन्धको कुरा गर्न थालेको पाइन्छ । उनले लेखेकी छिन्–‘पानीले तस्विर कहाँ बन्दछ, इच्छाले तकदिर कहाँ बन्दछ, कुनै पनि सम्बन्धलाई सच्चा दिलले निभाउ, या जिन्दगी फेरि फर्केर कहाँ पाइन्छ ।’

स्वेताको यो स्टाटस गम्भिर छ । उनी अहिले सच्चा दिल भएका मानिसको खोजीमा रहेको उनको स्टाटसबाट वुझ्न सकिन्छ ।

अभिनेत्रीका स्टाटस हेर्दा उनले कहिलेकाही धोका पाएको, सच्चा मन भएका मानिस पाउन गाह्रो भएको कुरा पनि गरेकी छिन् ।

यही भएर स्वेताको यो स्टाटस कतै ती मानिसप्रति कसिलो ब्यङ्ग्य हो भन्ने पनि लाग्दछ । तर, स्वेता खड्काले भने जस्तो सच्चा दिलले सम्बन्ध निभाउने मानिस पाइएलान् त अहिलेको जमानामा ? पाउनुभयो भने खबर गर्नुहोला स्वेता जी ।