अन्जु पन्तको ‘तिमीलाई माया गर्छु’

गायिका अन्जु पन्तको स्वरमा ‘तिमीलाई माया गर्छु’ गीत सार्वजनिक भएको छ । टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको गीतको भिडियोमा गायिका अन्जु पन्त आफै फिचर्ड छन् । सार्वजनिक भिडियोमा सान थापाको निर्देशन, राजिभ समरको कोरियोग्राफी तथा अनिल के. मानन्धरको छायांकन रहेको छ ।