फिल्म आरोपको ‘ए मन’

फिल्म आरोपको दोश्रो  गीत ‘ए मन’ सार्वजनिक भएको छ । गीतमा नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज, एस के अधिकारीको शब्द तथा संगीत रहेको छ । उक्त गीतमा फिल्मका मुख्य कलाकार संचिता लुइँटेल र किशोर खतिवडा फिचर्ड छन् ।

फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् । बिजय पाठक र दिनेस राउतको निर्माण रहेको फिल्ममा बिरेन्द्र भट्टको छायांकन रहेको छ । कमल राई को नृत्य ,सानू कुमार महर्जनको द्वन्द निर्देशन फिल्ममा रहेको छ । फिल्ममा एस के अधिकारी र गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलको आवाज छ । फिल्ममा साहिल खानको सम्पादनमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्दव गीरी र प्रेम खड्काको अभिनय रहेको छ । अमर ओली निर्देशित फिल्म ‘आरोप’ माघ ११ गतेबाट अल नेपाल रिलिज हुनेछ ।