मञ्जु पौडेलको ‘गाह्रो हुन्छ फेरी’

गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेलको आवाज रहेको गीत ‘गाह्रो हुन्छ फेरी’ सार्वजनिक भएको छ ।

माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको यस गितलाई यादव लम्सालले सिर्जना गरेका हुन् भने अर्जुन पोख्रेलले संगित भरेका छन् । विवेक खड्काले म्युजिक भिडियोको निर्देशन गरेका छन् । भिडियोमा गायक गायिकाद्वयलाई पनि देख्न पाइन्छ । साथमा अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् ।