आर्यनको लुक्स फेसबुकमा देखियो, सुटिङमा लुकाइयो

अभिनेता आर्यन सिग्देलले हजार जुनी सम्म फिल्ममा काम गर्दैछन् । यो फिल्ममा उनी दाह्री जुँगा र कपाल पालेर विछोडमा परेको प्रेमी हुँदैछन् ।

अभिनेता आर्यनको लुक्सको कुरा गर्दा उनको फेसबुकमा यो सार्वजनिक भैसकेको छ । आर्यन सिग्देलले आफ्नो फेसबुकमा धेरै पल्ट आफ्नो यो लुक्स देखाइसकेका छन् । दर्शकको लागि आर्यनको यो लुक्स नौलो अब नहोला ।

तर, फिल्म हजार जुनी सम्मको छायांकन सेटमा भने आर्यनले आफ्नो यो लुक्स संचारमाध्यमको तस्बिरबाट लुकाउने प्रयास गरे  । छायांकन सेटमा पुगेका पत्रकारलाई आर्यनको लुक्स नखिच्न अनुरोध पनि गरिएको  थियो ।

आर्यन सेटमा घुमेका त थिए, तर उनले आफ्नो तस्बिर नखिच्न भनिरहेका थिए । यसैले पनि संचारकर्मीले फिल्मका निर्देशकको निम्तोमै छायांकनमा पुगेकाले पनि आर्यनको लुक्स खिचेनन् ।

आर्यन सिग्देलको लुक्स फिल्म रिलिज अघि मात्र सार्वजनिक गर्ने निर्देशक विकासराज आचार्यको सोच छ । तर, आर्यन सिग्देललाई आफ्नो लुक्स यसरी लुकाउन नै मन लागेको भए उनले फेसबुकमा पनि तस्बिर नराखेको भए हुन्थ्यो ।

यो त सबैलाई देखाइसकेपछि लुकाउन खोजेजस्तो भयो होला नी, होइन र ?