बिहेपछि काममा फर्किइन् दीपिका

नायिका दिपिका पादुकोण विवाह पछी काममा फर्किदै छिन् । उनी अब एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको बायोपिकमा काम गर्ने भएकी हुन् । यो फिल्ममा उनी मुख्य भूमिकामा देखिने छन् ।

फिल्म मेग्ना गुल्जारले निर्देशन गर्दैछिन् भने फिल्ममा दिपिकाको पनि लगानी रहेनछ । दिपिका र मेग्नाले लामो समयको होमवर्कपछि नायक राजकुमार रावलाई फाइनल गरेका हुन् । अब पर्दामा दिपिका र राजकुमारको जोडी पहिलो पटक देखिने भएको छ ।

दीपिकाले भारतीय संचारकर्मी माझ भनेकी छन्, ‘हो, हामी यो फिल्मको छायांकन अर्को बर्षदेखि सुरु गर्दैछौ । यो एकदमै महत्वपूर्ण फिल्म हो र कसैको व्यक्तिगत जीवनमा निर्माण हुँदैछ । आशा गरौ, राम्रो फिल्म बनेर दर्शकमाझ आउनेछ ।’