ए मेरो हजुर ३ को क्यारेक्टर किन खुलाउँदैछन् अनमोल ?

अभिनेता अनमोल केसीको आफ्नै घरको फिल्म हो क्याप्टेन । यो फिल्म फागुनको १७ गतेबाट चल्दैछ ।

अभिनेता केसी यो फिल्मको प्रमोशनमा पनि छन् । फिल्मको गीत रिलिजका लागि उनी पोखराबाट काठमाण्डौ आएका थिए र फेरि फर्किएका थिए ।

अहिले अभिनेताले क्याप्टेनको बारेमा बढी कुरा गर्दा फाइदा हुन्छ । तर, अभिनेता केसीले ए मेरो हजुर ३ को प्रमोशन पनि छाडेका छैनन् । उनले त फिल्म भित्रको आफ्नो क्यारेक्टर पनि खुलाइदिएका छन् । फिल्ममा आफू प्रेमको भूमिकामा देखिएको अनमोलको तस्बिरमा लेखिएको क्याप्सनले खुलाएको छ ।

अभिनेता केसीले अहिले नै ए मेरो हजुर ३ मा आफ्नो क्यारेक्टर नाम के छ भनेर किन खुलाएका होलान् ? अभिनेता केसीको यो फिल्म चैत्र २९ गतेबाट  रिलिज हुने कुरा चलेको छ । यो मितिमा अभिनेता सलिनमान बनियाँको यात्रा पनि आउँदैछ ।

अभिनेतालाई क्याप्टेन र ए मेरो हजुर ३ का लागि डेढ महिनाको समय छ । यसैले उनी अहिलेदेखि नै समयको सदुपयोग गरिरहेका त छैनन् ? कि उनले यात्राको टिमलाई म पनि चैत्रमा आउँदैछु भनेर डर देखाउन खोजेका हुन् ? यो त ए मेरो हजुर ३ का प्रेमलाई नै थाहा होला ।