प्रमोद खरेलको ‘ज्ञान सुधा’

प्रमोद खरेलको भजन संग्रह ‘ज्ञान सुधा’ सार्वजनिक भएको छ । गीतकारद्धय किरण खरेल र रत्नशमशेर थापाले एल्बमको विमोचन गरेका हुन् । कार्यक्रममा गायक रामकृष्ण ढकाल, संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष शान्तिराम राई, संगीतकार चेतन सापकोटा, राम सिटौला, गायक सनुप पौडेल लगायतको उपस्थिति रहेको थियो ।

नीरभीमको शब्द, दिपक भट्टराईको संगीत रहेको भजनसंग्रहमा प्रमोद खरेलको आवाज रहेको छ । एल्बममा ५ वटा भजनहरु समावेश गरिएको छ । ज्ञान सुधामा प्रभु तिम्रो, सत्चित्त गरिकन, हरिको द्वारसम्म पुग्न, सुसुप्ति ब्रम्हा सारा, पाथिभारा माता जस्ता भजन संग्रहित छन् ।