स्वस्तिमालाई अक्की बेष्ट लागेछ

अभिनेत्री स्वस्तिमा खड्काले हजार जुनी सम्म फिल्ममा अभिनेता अक्की प्रधानसँग जोडी बनाएकी छिन् । यो फिल्मको छायांकन राजधानीमा भैरहेको छ ।

फिल्ममा अक्कीसँग काम गरेकी स्वस्तिमालाई उनी त बेष्ट पनि लाग्न थालेछ । अक्की त स्वस्तिमासँग काम गर्न पाउँदा मख्ख पर्ने भैहाले । किनकी, आफ्नो सुरुको फिल्ममा नै अक्कीले स्वस्तिमालाई पाएका छन् ।

स्वस्तिमालाई अक्की बेष्ट लाग्नुको कारण अरु पनि छ ।  उनले फिल्ममा सुरज खड्का, अभिषेक नेपाल, स्वरुप पुरुष ढकाल लगायतसँग जोडी बाँधेकी छिन् । यी भन्दा पनि स्वस्तिमालाई पहिलो सर्ट पनि नदिएका हिरो बेष्ट लाग्नु छैन त कमाल ।

स्वस्तिमाले बुलबुलका कलाकार मुकुन भुषाल नाटकबाट आएकाले पनि उनीमा अभिनयको भण्डार हुने बताइन् । यी बाहेक उनलाई अरु कलाकार भन्दा अक्की नै राम्रो लागेको रहेछ ।

स्वस्तिमाले यसो भनेर प्रतिक्रिया दिदा अक्की त मख्ख पर्ने भए नै । तर, स्वस्तिमाले सँगै काम गरेकाले भनेकी हुन् कि साच्चै अक्कीमा त्यस्तो काम गर्ने जागर छ ।

हिरोइनहरु त जो सँग काम गर्यो, उसैलाई बेष्ट भनिदिन्छन् । स्वस्तिमाले पनि अक्कीलाई फुर्काएकी त होइनन् । अक्कीको काम हेरेपछि स्वस्तिमाको बोलीको अर्थ थाहा भैहाल्छ ।