तिमी त थियौ (भिडियो)

क्षितिज मेन्याङबो र राम कुमार दराई सहकार्यमा ‘तिमी त थियौ हजारौंमा एक’ बोलको गीत सार्वजनिक भएको छ । राम कुमार दराईको शब्दमा पछिल्लो पुस्ताका चर्चित संगीतकार क्षितिज मेन्याङ्बोले संगीत गरेको उक्त गीत श्रेयसी चेम्जोङले गाएकी हुन् । गीतकार दराईको साथमा निशा कार्की, पवन जसवाल र बिनोद परियारको अभिनय रहेको भिडियो जीवन श्रेष्ठले खिचेका हुन् भने निर्देशन र सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।