दीयाको ‘दयारानी’ पोष्टर

फिल्म ‘दयारानी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । फिल्ममा दयाहाङ राई, दीया पुन र विजय बरालको मुख्य भूमिका रहेको छ । फिल्म अर्को बर्षको जेठ १० गतेबाट रिलिज हुँदैछ ।

सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । शैलेन्द्रध्वज कार्कीले फिल्म छायांकन गरेका हुन् । फिल्म पारिवारिक कथामा निर्माण गरिएको छ ।