चैत १ मा प्रदिप-जसिताको ‘लभ स्टेसन’

- मेराेफिल्म

प्रदीप खड्का र जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘लभ स्टेशन’ को प्रदर्शन मिति तय भएको छ । फिल्म चैत १ बाट प्रदर्शनमा आउने पक्का भएको हो ।

उज्वल घिमिरेको निर्देशन रहेको लभ स्टेशनको सम्पुर्ण छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किम, लगायत नेपालको पुर्वी भेगका इलाम फिक्कलमा गरिएको छ । फिल्ममा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । पारिवारिक प्रेमकथामा आधारित लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् । फिल्मका निर्माता गोविन्द शाही रहेका छन् ।

२०७५ पुष ४ गते ११:१८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *