हेमराज बिसी बिरुद्ध चलचित्र संघमा उजुरी, फागुन १७मा ‘द ब्रेकअप’ प्रदर्शन रोक्न माग

फिल्म ‘द ब्रेकअप’ निर्देशक हेमराज बिसी बिरुद्ध चलचित्र संघमा उजुरी परेको छ । एक गोप्य श्रोतका अनुसार उनी विरुद्ध वितरक मनोज राठीले ‘द ब्रेकअप’ फिल्मको रिलिज डेटलाई लिएर उजुरी दिएका हुन् । यसअघि पौष २७ गते प्रदर्शन गर्ने भनिएको फिल्मको रिलिज डेट आफुसंग सल्लाह नगरी फागुन १७ फाइनल गरेको भन्दै उनले उजुरी दिएका हुन् ।

सोही मितीमा फिल्म ‘क्याप्टेन’ पनि प्रदर्शन हुँदैछ जुन मनोज राठीले नै वितरण जिम्मा लिएका छन् । आफुले वितरण जिम्मा लिएको दुवै फिल्म एकै दिन रिलिज हुने भएपछी वितरकको पारो चड्ने नै भयो । त्यसमाथी वितरकसंग सल्लाह नै नगरी निर्देशकले फिल्मको रिलिज डेट हेरफेर गर्नु आफैँमा जायज पक्कै छैन । राठीले फागुन १७मा ‘द ब्रेकअप’ प्रदर्शन रोक्न माग गर्दै बिसी बिरुद्ध चलचित्र संघमा उजुरी दिएका हुन् । यसले कुन रुप लिन्छ त्यो भने प्रतीक्षाको विषय बनेको छ ।