ऋचाजी, ट्रेलरमा नहसाँउने अनी हलमा दर्शक कसरी आउने ?

फिल्म ‘न यता न उता’को ट्रेलर रिलिज गर्दा पत्रकारले यसका निर्देशकलाई प्रश्न सोधे, तपाइहरुले कमेडी सिनेमा भन्नु भएको छ । तर, खै त फिल्मको ट्रेलरले न हसाँयो, न त रुवायो । पत्रकारले यो प्रश्न सोधेपछि निर्देशकले जवाफ दिन नपाउँदै अभिनेत्री ऋचा शर्माले माइक तानेर जवाफ दिइन् । ऋचाको जवाफ थियो, फिल्मले हसाँउने भनेको हो नी त, ट्रेलरले होइन ।

ऋचाले यसो भनेपछि अर्की कलाकार लुनिभा तुलाधरले अब हसाँउने तरिका फेर्नु पर्ने भन्दै पत्रकारलाई हाँस्ने तरिकामा परिवर्तन ल्याउन आग्रह गरिन् । अब, ऋचालाई एउटा प्रश्न है । फिल्मको ट्रेलर किन बनाउँछन् ? फिल्मको ट्रेलर बनाउने नै दर्शकलाई हलसम्म आकर्षित गर्न होइन र ? जब दर्शक सिनेमाको ट्रेलरबाट नै प्रभावित हुँदैनन् भने हलमा कसरी आउँछन् ।

पुरै फिल्म हेर्नुहोस् अनी हाँस्न पाउनुहुन्छ भनेर दर्शकलाई भन्ने हो भने पैसा खर्च गरिगरि किन ट्रेलर बनाउनु ? दर्शकले हलमा आउने नै ट्रेलर हेरेर हो नी होइन ? फेरि पत्रकारले निर्देशकलाई सोधेको प्रश्नमा माइक नै तानेर ऋचालाई जवाफ दिन पनि कती हतार भएको ?