मेलिना राईको कौडा गीत

गायिका मेलिना राईले पहिलोपटक पश्चिमेली लोक दोहोरी भाका कौडा गीत गाएकी छन् । राईले गाएको कौडा गीत ‘गोरखा डाँडा शितलु’ मा अविनाश थापा,  रजनी मगर र सर्जक तथा गायक कौडा किङ गणेश गुरुङको स्वर रहेको छ । कौडा किङका रुपमा चिनिँदै आएका गायक गणेश गुरुङले यस गीतमा  लय पनि भरेका छन् भने अविनाश थापाको शब्द लेखेका छन् ।

म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको यस भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् । भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय रहेको छ ।