के अनमोलसँग बदला लिन खोज्या हुन् हेमराजले ?

अभिनेता अनमोल केसी र निर्देशक हेमराज वीसी एकैपटक फिल्ममा उदाएका हुन् । अनमोलले हेमराजलाई बनाए कि हेमराजले अनमोललाई बनाए भन्ने बहस अहिले पनि जारी छ । तर, फिल्म सफलताको कुरा हेर्दा अनमोल केसीविना हेमराज सफल छैनन् ।

हेमराज वीसीले अभिनेता केसीलाई गाजलुपछि फिल्म खेलाउन सकेका छैनन् । तर, उनी हरेक फिल्मको पहिलो अफर अनमोललाई नै गर्न पुग्छन् । दि ब्रेकअप पनि उनले अनमोल केसीलाई नै पहिलो रोजाइ बनाएका थिए । तर, अनमोलले फिल्म गरेनन् ।

अनमोलले बारम्बार फिल्म खेल्न अस्विकार गरेपछि अब हेमराज कतै त्यही कुराको प्रतिसोध साध्न त लागेका होइनन् भन्ने बहस चलेको छ । किनकी, हेमराजले वितरकसँग कुरा नै नगरी फागुन १७ गते आफूले बनाएको दि ब्रेकअपको रिलिज डेट तोकिदिए । यो दिनमा अभिनेता अनमोल केसीको फिल्म क्याप्टेन रिलिज हुन लागेको छ ।

क्याप्टेनका वितरक मनोज राठी हुन् भने दि ब्रेकअपको पनि राठी नै हुन् । राठीले हेमराजले धोका दिएको भन्दै चलचित्र संघमा उजुरी दिइसकेका छन् । यसको अर्थ, दि ब्रेकअप सार्ने एकल निर्णय हेमराजको नै थियो ।

यसको अर्थ हेमराज अनमोल केसीलाई लडाउने धुनमा छन् । होइन भने वितरकसँग सल्लाह नगरि कसैले फिल्मको रिलिज डेट तोकेको उदाहरण छैन । वीसीलाई भने किन यति हतार भएको होला ? बारम्बार फिल्म सर्दा फिल्मको व्यापार राम्रो छैन भन्ने उनलाई थाहा छ कि नै ?