आरोप ट्रेलर

फिल्म ‘आरोप’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकारलाई समेटिएको छ । फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन् ।

बिजय पाठक र दिनेस राउतको निर्माण रहेको फिल्ममा बिरेन्द्र भट्टको छायांकन रहेको छ । कमल राई को नृत्य ,सानू कुमार महर्जनको द्वन्द निर्देशन फिल्ममा रहेको छ । फिल्ममा एस के अधिकारी र गणेश चौधरीको संगीत, नित्याशिवा, राजेश पायल राई ,प्रह्लाद तिमिल्सिना, मनिषा पोख्रेलको आवाज छ । फिल्ममा साहिल खानको सम्पादनमा किसोर खतिवडा, सन्चिता लुइँटेल, रिचा थापा, उद्दव गीरी र प्रेम खड्काको अभिनय रहेको छ । अमर ओली निर्देशित फिल्म ‘आरोप’ माघ ११ गतेबाट अल नेपाल रिलिज हुनेछ ।