द म्यान फ्रम काठमाडौंको गीत,रिलिज मिति र ट्रेलर सार्वजनिक

नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाडौं’को गीत र रिलिज डेट सार्वजनिक भएको छ । फिल्म चैत १ गते रिलिज हुनेछ ।

बिहिबार काठमाडौंमा एक कार्यक्रमका बीच  फिल्मको गीत, पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरिएको हो । सार्वजनिक ‘आकाशै घुमेर’ गीतमा प्रमुख कलाकार आना शर्मा र जोसे म्यानुअल फिचर्ड छन्। जेशन कुँवरको शब्द र संगीत रहेको यस गीतमा कुँवरको साथमा निकिता श्रेष्ठको स्वर रहेको छ । गीतमा विजय मानन्धर र पेमा धोन्डुप कोरियोग्राफी रहेको छ।


फिल्म निर्देशन पेमा धोन्डुप तिब्बतीले गरेका हुन् । फिल्ममा अमेरिकी कलाकार जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखको साथमा नेपाली कलाकारहरु नीर शाह,  आना शर्मा,  शिशिर बाङ्देल,  कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ ।  कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी फिल्ममा रहेको छ ।