माघ १८ मा ‘सयकडा दश’

- मेराेफिल्म

मनोज गजुरेल अभिनित पहिलो फिल्म ‘सयकडा दश’ माघ १८ बाट प्रदर्शनमा आउने भएको छ फिल्म निर्माण टिमले ४ पोस्टर तथा प्रदर्शन मिती सार्वजनिक गरेका छन् । फिल्मको पोस्टरमा मुख्य कलाकारलाई समेटिएको छ ।

फिल्ममा राजाराम पौडेल,  अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने , रवी डङ्गोल लगायतको मुख्य भूमिका रहेको छ । रामशरण पाठकको निर्देशनमा तयार भएको फिल्मलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । भ्रष्टाचारविरुद्ध को कथामा तयार भएको फिल्म नेपालमा प्रदर्शनमा आउनु भन्दा अगाडि थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन आउने छ ।

२०७५ पुष ६ गते ११:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *