‘जीरो’ लाई टक्कर दिदै ‘केजीएफ’

आजबाट भारतीय २ फिल्म जिरो र केजीएफ प्रदर्शनमा आएका छन् । शाहरुख खान, अनुष्का शर्मा र कट्रिना कैफको फिल्म ‘जीरो’ साउथका सुपरस्टार यशको फिल्म केजीएफ अर्थात ‘कोलार गोल्ड फिल्डस’ संग जुद्दै छ । यी दुई फिल्म नै ठुलो बजेटका फिल्म हुन् ।

जीरोको टिमले फिल्मको प्रमोसनमा धेरै नै मेहेनत गरेको छ । तर, केवजीएफ कुनै पनि रुपमा जिरो भन्दा कम्जोर छैन । टिकट बुकिङ साइट बुकमाइशो डटकममा यी दुई फिल्मले पाएको लाइक हेर्दा यी फिल्मको बक्स अफिसमा कडा टक्कर हुने देखिएको छ । उक्त साइटमा जीरोले २ लाख ६० हजार लाइक पाउँदा केजीएफको लाइक ३ लाख ५० हजार नाघिसकेको छ । यसबाट कन्नड फिल्म केजीएफ जीरोमाथि भारी पर्न सक्ने अुमान गर्न सकिन्छ ।

केजीएफ बाहुबलीजस्तै भव्य फिल्म भएको बताइएको छ । साथै फिल्म एकैसाथ तमिल,  तेलुगु, मलायालम र हिन्दी भाषामा रिलिज भएको छ । यसको हिन्दी संस्करणले जीरोको व्यापारमा ठूलो धक्का दिने निश्चित छ । केजीएफ कर्नाटकामा मात्र ४०० स्क्रिनमा रिलिज हुँदैछ । भारतभरी १५०० भन्दा बढी स्क्रिनमा रिलिज हुने यो फिल्मले ठूलो व्यापार गर्ने निश्चित छ ।