स्वस्तिमाको कुकिङ

अभिनेत्री स्वस्तिमा खड्कालाई फिल्म खेलाउन चाहने निर्माता बढेका छन् । स्वस्तिमाका श्रीमान निश्चल बस्नेतको निर्देशनमा क्रेज घट्दा स्वस्तिमाको स्टारडममा भने भारी फेरबदल आएको छ । स्वस्तिमा खड्काको यूवापूस्ताको क्रेज अब विभिन्न विज्ञापनमा पनि देखिन थालेको छ ।

तपाइले स्वस्तिमालाई अब मम, छोइला, चाउमिन आदि खाजाको प्रमोट गरेको देख्नुहुनेछ । स्वस्तिमाको यो गेटअपले दर्शकलाई एकछिन के होला भनेर सोच्न वाध्य गराउँछ ।

नेपाली कलाकारहरु अहिले नेपालकै प्रोडक्ट प्रमोशनमा बढी व्यस्त छन् । हेर्ने हो भने, राजेश हमाल, प्रियंका कार्की, दिपकराज गिरी, दीपाश्री निरौलापछि स्वस्तिमा खड्काको ब्रान्डसँग जोडिने क्रम बढेको छ ।

स्वस्तिमाको यो तस्बिर हेर्दा पनि उनी खानाको पारखी वा कुकिङमा खुबै सिपालु छिन् जस्तो लाग्छ । तर, त्यस्तो होइन । स्वस्तिमा अब बोता ममको ब्रान्ड एम्ब्यासडर भएकी छिन् । यही भएर पनि उनको यो गेटअप देखिएको हो ।

फिल्ममा त व्यस्त छिन् छिन् स्वस्तिमा, विज्ञापनमा पनि व्यस्त हुन थालेकी छिन् । यसले स्वस्तिमाको अभिनयलाई भने कमजोर नबनाओस् है ।