कसको लामो उमेर माग्न चाहन्छिन् स्वेता ?

अभिनेत्री स्वेता खड्काले जिन्दगीमा भगवानसंग केही कुरा माग्ने अवसर पाइन् भने के माग्छिन् होला ? स्वेताको बिषयमा आएको यो प्रश्नले तपाइको दिमागका अनेक थरीका प्रश्न उब्जिए होलान् ?

अभिनेत्री स्वेता खड्काले भगवानसंग केही कुरा माग्ने अवसर पाउँदा अरु कसैको लामो उमेर होइन, आफ्ना बा आमाको उमेर माग्ने उल्लेख गरेकी छिन् । स्वेताको इन्स्टाग्राममा राखिएको एउटा स्टोरीमा यो कुरा उल्लेख छ । जुन कुराले दर्शकको मन खुशी बनाउन सक्छ ।

स्वेता खड्काले आफ्ना आमा बुबाको लामो उमेर माग्न चाहनुको पनि कारण छ । किनकी, उनको वुझाइमा आमा बुबाले जती माया अरु कसैले पनि गर्न सक्दैन । यसैले पनि स्वेताले आमा बुबाको जीन्दगी लामो होस् भनेर माग्ने बताएकी हुन् ।

स्वेता खड्का ऋणमा डुबेरै भएपनि माझी बस्ती निर्माणमा लागेकी छिन् । स्वेताको यो माझी बस्ती निर्माण हुनुपर्ने पहिले नै हो । तर, आर्थिक अभावका कारण उनले यो काम पुरा गर्न सकेकी छैनन् । तर, पनि स्वेताले हार भने नमानेको बताएकी छिन् ।

आफ्ना स्वर्गिय श्रीमान् अभिनेता श्रीकृष्ण श्रेष्ठको तस्बिर छोएरै उनले माझी बस्तीका जनतासँग घर बनाइ छाड्ने बाचा गरेकी थिइन् ।