‘कोपिला’ शुभमुहुर्त

शिवम अधिकारीको लेखन तथा निर्देशन रहने फिल्म ‘कोपिला’ को चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा शुभ मुहुर्त गरिएको छ । कार्यक्रममा कलाकार सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए ।

मुहुर्त कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष प्रधानले ‘कोपिला’ लाई सफलताको दिए । यस्तै निर्देशक तथा लेखक शिवम अधिकारीले ‘कोपिला’ हाम्रै गाउ समाजमा घट्ने घटनामा आधारित फिल्म रहेको बताए । फिल्म प्रस्तुतकर्ता गणेश गिरीले यस अघी निर्माण गरेको पञ्चायत जस्तै कोपिला पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको जानकारी दिए ।

गणेश गिरिको प्रस्तुती रहेको ‘कोपिला’ लाई चितवनका युवा व्यवसायी करुणकर घिमिरे र चलचित्र पत्रकार मणिराज गौतमले निर्माण गर्नेछन् । सुबासराज काफ्ले कार्यकारी निर्माता रहने यस फिल्ममा समिर मिया, रमेश्वर र मेनुका ढुंगाना सह निर्माता हुन् ।

फिल्ममा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने छ । फिल्ममा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ । चितवन आसपासमा छाँयाकन गरिने फिल्म कोपिला करिब ८० लाख लगानी निर्माण हुने प्रस्तुतकर्ता गणेश गिरीले बताए ।