‘ऐश्वर्य’ सिक्वलको लागि भेटिएन कथा

करियरको उत्तार्धमा अभिनेता रमेश उप्रेती अमेरिका हानिए । करिब एक दशक लामो अमेरिका बसाई पछी उनि पुन नेपाल फर्किए र नेपाली फिल्म क्षेत्रमा पुरागमन गरे । उनी फर्किएपछी ‘ऐश्वर्य’ नामक फिल्म निर्माण गरे जुन निकै हिट साबित भयो ।

गत बर्ष प्रदर्शनमा आएको दिवाकर भट्टराई निर्देशित उक्त फिल्म उप्रेतीको कमब्याक फिल्म रहयो भने यही फिल्मबाट डेब्यु नायिका दीपिका प्रसाई र खलपात्रका रुपमा प्रशान्त ताम्राकारले नेपाली फिल्म क्षेत्रमा दरिलो उपस्थिती प्रस्तुत गरेका थिए । फिल्ममा समाबेश ‘तिमी रोएको पल’ बोलको गीत सर्वाधिक हिट भएको थियो ।

हाल उप्रेती यही हिट फिल्म ऐश्वर्यको सिक्वल निर्माणको लागि जुटिरहेका छन् । तर, सिक्वलका लागि उनले खोजे जस्तो कथा भने भेटेका छैनन् । ‘सिक्वल निर्माण त पक्कै हुन्छ तर कथा नभेटिएकाले फिल्मको सिक्वल निर्माणलाई थाति राखेको छु । कथा भेट्ने बित्तिकै त्यसको काम अगाडि बड्छ’, उनले भने ।

ऐश्वर्य सिक्वलका लागि कथा नभेटिएपछी हाल उनी एक नयाँ फिल्मको तयारीमा जुटेका छन् । अब उनले निर्माण गर्ने ऐश्वर्यको सिक्वलमा पुराना कलाकार दोहोरिन्छन् या नयाँ अनुहारको प्रवेश हुनेछ त्यसको लागि भने फिल्मको औपचारिक घोषणासम्म कुर्नै पर्ने हुन्छ ।