सुशान्तको डल्ली मोरी एलिजा

भारतिय  टेलिभिजन रियालिटी शोबाट चर्चामा आएका नेपाली डान्सर सुशान्त खत्रीको अभिनयमा नेपाली  गीत ‘डल्ली मोरी’  सार्वजनिक भएको छ । गीतमा अरुण तामाङको स्वर रहेको छ भने शब्द सौरभ तिम्सिनाको रहेको छ । गीतमा सङ्गीत अरुणले नै भरेका हुन् । गीतको संगीत संयोजन मोहित मुनालले गरेका हुन् । भिडियोलाई राजीव समरले  निर्देशन गरेका हुन् । भिडियोमा सुशान्तलाई नायिका एलिशा शर्मासँग देख्न सकिन्छ।