‘गरुड पुराण’ ट्रेलर

सुवास कोइराला निर्देशित फिल्म ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका सम्पूर्ण कलाकारलाई समेटिएको छ । फिल्म माघ ४ बाट प्रदर्शनमा आउदैछ ।

आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवासले लेखेको फिल्मको कथा कशम नेपालको हो । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको फिल्ममा नाजिर हुसेन, कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको अभिनय रहेको छ । रेनशा बान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रम (भिडियो)