अनमोलको सम्मान कसलाई ?

अभिनेता अनमोल केसी नेपालका संचारमाध्यममा सबैभन्दा धेरै छाउँछन् । यी अभिनेताको समाचार उनले लिएको पारिश्रमिक, उनले रोमान्स गरेका हिरोइन, उनको लभको कुराले धेरै भएको देखिएको छ ।

अभिनेता केसीलाई पत्रकारले कतै कतै यत्रो पैसा कमाएर समाजसेवा किन गर्नुहुन्न भनेर पनि सोधेका छन् । अभिनेता केसीले आफूले समाजसेवा गर्ने पनि बताउँदै आएको पाइएको छ ।

अनमोल केसी मानिसको नजरमा विभिन्न प्रकारले चित्रित छन् । कसैलाई उनी अभिनय गर्न नआउने हिरो लाग्छ, कसैलाई उनी नाच्न नजान्ने कलाकार लाग्छ, कसैलाई उनी बढी हल्लाले चलेको लाग्छ । कसैलाई उनी ह्यान्डसम पनि लाग्छ ।

अभिनेता केसीले भने आफूलाई धेरै नै रिजर्भ राखेका कारणले गर्दा पनि उनको बारेमा मानिसहरुले अध्ययन कम गरेका हुन् । पोखरामा फिल्म ए मेरो हजुर ३ को छायांकन गरिरहेका अभिनेता अनमोल केसीले इन्स्टामा हालेको एउटा भिडियोले मन छुन्छ । उनी रेस्पेक्ट भन्दै २ वटा भिडियो राखेका छन् ।

जसमा, बाटोमा आफ्नो नृत्य गरेर, थालमा म्यूजिक बजाएर जिवन पाल्दै आएका बालकहरुलाई देखाइएको छ । अनमोलले उनीहरुप्रति सम्मान छ भन्दै यो भिडियो सार्वजनिक गरेका छन् । अनमोल केसीको अर्को एउटा पाटो यो कुराले पनि देखाएको छ । अब, अभिनेता केसीले उनीहरुलाई सम्मान त गरेका छन् । तर, यस्तो कामका लागि आफू आर्थिक रुपमा पनि अघि बढ्छन् कि बढ्दैनन् भनेर प्रतिक्षा गर्नपर्छ । अनमोलले अब यतातिर पनि ध्यान दिने हो कि ?