रमेशको पनि गफै हो क्या ?

अभिनेता रमेश उप्रेतीले ऐश्वर्य फिल्म रिलिज भएको केही समयपछि आएर दाह्री पाल्न थाले । उनको दाह्री संचारमाध्यमका लागि प्रश्नको बिषय बन्यो । उनले यो दाह्री आफ्नो नयाँ फिल्मको लागि पालेको बताएका थिए ।

रमेशले दाह्री लामो पालेपछि उनी नयाँ फिल्म चाडै नै गर्दैछन् भन्ने कुरा पनि आयो । तर, अहिले फेरि रमेशले दाह्री काटेका छन् । रमेशले दाह्री काटेपछि, के उनले  फिल्म नगर्ने मुड बनाएका हुन् भन्ने कुरा पनि उठिरहेको छ ।

रमेश उप्रेतीले दाह्री काटेको कुरामा नौलो जवाफ दिन्छन् । उनले, फिल्मको काम ढिलो भएकाले दाह्री काटेर फेरि पाल्ने बताएका छन् ।

रमेशपछि दाह्री पालेका अभिनेता आर्यन सिग्देलले फिल्मको काम नै सुरु गरिसकेका छन् । रमेशले भने दाह्री पालेर फेरि फिल्मको काम ढिलो भयो भनेर काटेर फेरि पाल्ने तयारी थालेका छन् ।

रमेशले त ऐश्वर्यको सिक्वेल बनाउन मन लागेपनि कथा नपाएको बताउन थालेका छन् । एकातिर ऐश्वर्यको सिक्वेलको पनि कुरा छ अर्कोतिर नयाँ फिल्मको लागि दाह्रीको पनि कुरा छ । फिल्म क्षेत्र गफै गफको क्षेत्र हो । रमेशको दाह्री पनि गफै गफ त होइन ? अब, फेरि लामो दाह्री पालेर फिल्म ढिलो सुरु हुने भयो भनेर फेरि काट्ने त होइनन् रमेशले ?