‘जय श्री दाम’ प्रिभ्यु सार्वजनिक

फिल्म ‘जय श्री दाम’ को पन्ध्र मिनेटको प्रिभ्यु सार्वजनिक भएको छ । प्रिभ्युमा फिल्मका मुख्य कलाकारहरू अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, जेविका कार्की, प्रमोद अग्रहरीलाई समेटिएको छ ।

पुस २० गते रिलिज हुने फिल्मलाई ‘मङ्की टेम्पल प्रोडक्सन’, ‘क्रेजी ह्याण्डस् प्रोडक्सन’ र ‘नेशनल मिडिया प्रोडक्सन’ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।  विप्लव उप्रेतीले निर्देशन गरेको फिल्ममा कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह निर्मातामा मित्र डी गुरुङ र रविन आचार्य हुन् । निर्देशक उप्रेतीसँगै अमरदिप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा नवराज उप्रेतीको छायाङ्कन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।