लुनिभा जि अरुलाई सिकाउने मात्र कि आफु नि फलो गर्ने ?

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक गरिएको छ । कार्यक्रममा फिल्मका अधिकांश कलाकार तथा निर्माण यूनिटको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा फिल्मकी मुख्य पात्र मध्यकी एक लुनिभा तुलाधर (पवनकली) पनि उपस्थित थिइन् ।

उनले कार्यक्रममा धेरै हो-हल्ला भएको भन्दै पत्रकारको ध्यानाकर्षण गर्न एउटा खेल खेलाउने प्रयास गरिन् । उनले एक हातले गोलाकार र अर्को हातले अंग्रेजिमा आठ लेख्न लगाइन् र भनिन् यो तपाईंहरुको ध्यान स्टेजमा आकर्शित गर्नका लागि गरेकी हुँँ । उनको त्यो प्रयास सफल भयो भएन उपस्थितलाई नै थाहा होला ।

तर, उनले अरुको ध्यान तान्ने प्रयाश गरिरहँदा आफुले चपाएको चुइगमले उपस्थित सबैलाई इरिटेट गराइरहेको छ कि  भन्ने चाँही बिर्सिछन् क्यारे ।

उनी अरुले फिल्मको बारेमा बोल्दा मात्रै नभएर आफ्नो कुरा राख्दा समेत चुइगम चपाउन मै ब्यस्त थिइन् । स्टेजमा बसेर उनको चुइगम चपाई अशभ्य लाग्थ्यो । अझ उनले त जीवन दर्शनको बारेमा समेत केही सिकाउन खोजिन् । उनले अरुलाई जीवन दर्शन सिकाइरहँदा आफुले त्यही दर्शनको फलो गरेको छु या छैन भन्ने हेका राख्न सकिनन् ।

जान्ने बन्न खोज्दा आँफै चिप्लिएको उदाहरण टन्नै छन् यहाँँ । त्यसैले, लुनिभा जी अरुलाई सिकाउने मात्र कि आफुमा के कमजोरी छ त्यसमा पनि ध्यान दिने ?