‘रुमालै छ चिनो’ ट्रेलर

फिल्म ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक भएको छ । कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ बाट यस फिल्मको नाम राखिएको हो ।

रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्म दिनेश सिंह ठकुरीको निर्देशनमा तयार भएको हो ।