‘रणवीर’को गीत ‘तिरिमिरी तिरिमिरी तीन तारा’ बलिउडका २ गीतबाट कपी (भिडियोहरु सहित)

फिल्म ‘रणवीर‘को ‘तिरिमिरी तिरिमिरी तीन तारा‘ केही दिन अगाडि सार्वजनिक भएको थियो । उक्त गीत यो समाचार तयार पार्दा सम्म यूट्युबमा करिब चार लाख पचास हजार भन्दा बढिले हेरिसकेका छन् । गीतलाई सकारात्मक प्रतिकृयाहरु पनि प्राप्त भइरहेको छ । पछिल्लो समय सर्वाधिक रुचाइएका संगीतकार तथा गायक समेत रहेका राजन राज सिवाकोटीले उक्त गीतमा संगीत भर्नुका साथै गाएका पनि छन् । उनलाई गायकीमा अन्जु पन्तले साथ दिएकी छिन् । उक्त गीतको शब्द समेत सिवाकोटीले नै कोरेका हुन् भने एरेन्ज राजन इशानको रहेको छ ।
तर सिवाकोटी कै शब्द, संगीत र स्वर रहेको यस गीतको सुरुवाती कोरस पार्ट र इन्ट्रो म्युजिक भने उनले दुई बलिउड फिल्मबाट कपि गरेको भेटिएको छ । उक्त गीतको केही अंश उनले बलिउडका बादशाह शाहरुख खान अभिनित फिल्म परदेशको गीत ‘दो दिल मिल रहे हेँ‘बाट कपि गरेका छन् जसमा नदीम-श्रावनको संगीत रहेको छ भने कुमार सानुले गाएका छन् । स्वदेशको गीतको सुरुवात ‘गुप चुप गुप चुप‘ बाट गरिएको छ भने फिल्म रणवीरको गीतमा त्यसलाई राजन राज सिवाकोटीले ‘चुप चुप चुप चुप‘ बनाएका छन् ।

त्यती मात्र होइन सिवाकोटीले अर्को चलाखी पनि गरेका छन् । गीतको सुरुवाती संगीत (इन्ट्रो म्युजिक) बलिउड फिल्म मुझसे सादी करोगीको गीत ‘लाल दुपट्टा‘को  सुरुवाती संगीतबाट हुबहु कपी गरेका छन् ।  उनले कपी गरेका हुन् या मिल्न गएको हो त्यो त उनलाई नै थाहा होला । तर, उनी जस्तो ख्याती प्राप्त संगीतकारले त्यती पनि ख्याल नराख्नु चाहिँ मनासिव पक्कै होइन । त्यसमाथी फिल्म निर्माण यूनिटले उक्त भिडियोका लागि मात्र पच्चिस लाख खर्च गरेको बताएको थियो । राजनले निर्माताको उक्त लगानी माथि पनि खेलवाड गरेका छन् ।

पछिल्लो समय विभिन्न देशका गीतहरुलाई र देश भित्रकै पनि पुराना गीतहरुको केही अंशलाई कपी गरेर आफ्नो नयाँ सिर्जाना भन्नेहरुको भिड बाक्लिँदै गएको छ । जुन भिडमा राजन राज सिवाकोटी पनि सामेल भएका छन् । उनले विभिन्न बलिउड गीतका फरक फरक अंशलाई मिलाएर रणवीर को गीत बनाएका छन् । पछिल्लो समयका सर्वाधिक चर्चित अनी ब्यस्त मानिएका उनले नै अन्य गीतहरुको कपी गर्न थाले भने नयाँ पिडिले के सिक्ने ? अनि फेरी अरुको सिर्जनालाई तोडमोडेर पाएको सफलता र व्यस्तता कहिले सम्म टिक्ला र ?

हेर्नुहोस ३ वटै गीत :
स्वदेशको गीत :

मुझसे सादी करोगीको गीत :

रणवीरको गीत