विवाहकै दिन एल्बम विमोचन

गायिका जीनु जोशीले आफ्नो विवाह समारोहमा एल्वम विमोचन गराएकी छन् । उनी आभास जोसीसँग विवाह बन्धनमा बाधिएको दिन ‘आभास’ एल्बम  विमोचन गरिएको हो ।

‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनुलगायतले संयुक्त रुपमा विमोचन गरेका थिए । एल्बममा आठ गीत समावेश गरिएको छ । जीनुको एकल स्वर रहेको एल्बमका गीतमा आभास जोशीको शब्द र सङ्गीत संयोजन रहेको छ ।