आप्पाको गीत ‘हावा सरर’ मा दया

- मेराेफिल्म

फिल्म ‘आप्पा’को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राईको साथमा अन्य कलाकार फिचर्ड छन् । गीतमा निर्देशन अनमोल गुरुङको सङ्गीत,  उमेश उपमाको शब्द रहेको छ भने थुप्देन भूटिया र स्नेहा श्री थापाको स्वर रहेको छ ।

पोस्टरमा दयाहाङ राइको साथमा फिल्ममा नयाँ कलाकार सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा तथा अरुणा कार्की र तुलसी घिमिरेको समेत अभिनय रहेको छ । अनमोल गुरुङको निर्देशन रहेको फिल्ममा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा अनमोल गुरुङको कथा,  अनमोल र उमेश उपमाको पटकथा तथा संवाद,  शैलेन्द्र डी कार्कीको छायांकन,  अनमोल र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्म अर्को बर्षको जेठ २४ बाट प्रदर्शनमा आउने छ ।

२०७५ पुष १० गते १२:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *