आँचलको एक्सन कस्तो हुने हो !

अभिनेत्री आँचल शर्मा बेला बेलामा सामाजिक संजालमा लेख्ने गरेको स्टाटसले विवादमा पनि आउँछिन् भने कहिले त राम्रो कुरा पनि लेख्छिन् ।

आँचल शर्मालाई नेपाली फिल्ममा चलेकी हिरोइन भनिदैन, बरु चम्किएकी हिरोइन भन्न सुहाउला । किनकी, उनी चलेकी छैनन् चम्केकी भने छिन् ।

आँचल शर्माको फेसबुकको एउटा स्टाटसमा आँखा लगाउने हो भने उनी अब भयंकर नै गर्दैछिन् जस्तो लाग्छ ।

उनले, लेखेको स्टाटसमा भनिएको छ,  ‘म शब्दमा विश्वास गर्दिनँ, एक्सन अर्थात काममा विश्वास गर्छु ।’

कुरा सही पनि हो । किनकी, शब्द अर्थात कुरा बोलेर मात्र अर्थ पनि छैन । त्यसलाई काममा परिणत गर्न सकिएन भने त्यसको अर्थ पनि छैन ।

तर,  आँचल शर्माको एक्सन र बोलाई उस्तै छ त ? आँचल शर्मालाई बोल्न दियो भने अरुले बोल्न पनि पाउँदैन । उनी एकहोरो गफ दिन सिपालु छिन् । तर,  उनले भनेको कुरा काममा लागू भयो त ?

शत्रु गते गरेर पछुताएकी आँचल एउटा फिल्म ब्ल्याक नचल्ने वित्तिकै फेरि उही समुहको फिल्ममा नै पछि लागेकी छिन् । अनी, शब्द र काम गराइमा कसरी तालमेल भयो र ? यो त म जे बोल्छु त्यो गर्दिनँ, त्यो बोल्दिन त्यो गर्छु भने जस्तै भयो होला नी आँचल जी ।