प्रेममै मख्ख आना

अभिनेत्री आना शर्माले अभिनय गरेको ‘द म्यान फ्रम काठमाण्डु’ फिल्मको गीत रिलिज कार्यक्रम थियो । तर, पत्रकार र फिल्मीकर्मीले सो कार्यक्रममा आनालाई देखेनन् । देखुन् पनि कसरी ? उनी नेपाल बाहिर थिइन् । नेपाल बाहिर रहेकी आनाले भिडियोमा सन्देश दिइन् । आनाको अंग्रेजीमा गरिएको सन्देशले उपस्थित पाहुनालाई तानेन ।

फिल्मको गीत रिलिजमा आना कहाँ थिइन् ? आना स्विजरल्याण्डमा छिन् । उनी त्यहाँ जानुको कारण छ । उनका प्रेमी छिरिङ शेर्पाले स्विजरल्याण्डमा पढाइ पुरा गरेका थिए । सोही खुशीयालीमा समावेश हुनका लागि आना त्यहाँ छिन् ।

आना शर्माले ग्याङस्टार ब्लूजपछि नेपालमा बनेको पहिलो अंग्रेजी फिल्ममा नै काम गरेकी हुन् । उनलाई फिल्ममा गम्भिर भएको पाइदैन । तर, उनी प्रेममा भने खुशी छिन् । उनी प्रेममा मख्ख छिन् र त फिल्ममा उनको फोकस छैन । आना शर्मा र छिरिङको प्रेम चलेको धेरै भयो । आना र छिरिङको प्रेमले नयाँ खालको आयाम पनि पाइरहेको छ ।

तर, प्रेममा मात्र मख्ख हुँदा, फिल्मको यात्रा भने ध्वस्त हुनसक्छ । आना शर्माले यो बिषयमा पनि सोच्न आवश्यक छ ।