कर्ण दासको गीतमा सारा सिर्पाली

कर्ण दास र प्रश्ना शाक्यको आवाज रहेको गीत ‘तिमी टाढा कता कता’ सार्वजनिक भएको छ । गीतमा सारा सिर्पाली र विजय कार्की फिचर्ड छन् । गीतमा किशोर दत्त बरालको शब्द, कर्ण दासको संगीत रहेको छ । दिव्य सुवेदीको छायांकनमा तयार भएको भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । बसन्त निरौला निर्देशित भिडियोको सम्पादन सुप्रिल पराजुलीले गरेका हुन् ।