के अर्पण फ्लप फिल्मका हिट डिरेक्टर हुन् ?

अभिनेता अर्पण थापालाई मुखौटा फिल्मबाट निर्देशक बन्ने सोच आयो । उनले नयाँ निर्मातालाई नयाँ फिल्मका लागि लगानी गर्न कन्भिन्स पनि गराएका थिए । मुखौटा फिल्म हेरेपछि अर्पण थापा कलाकार नै भएको ठिक भनेर दर्शकले भने । उनले अभिनय राम्रो गर्छन् ।

अर्पण थापालाई भने निर्देशक बन्ने भूत सवार नै थियो । उनले आधा लभ र सुनकेशरी सिनेमा बनाए । दुबै  फिल्मबाट उनले निर्देशनमा हाइहाइ पाएनन् । बरु सुनकेशरीलाई हरर भनेर हसाँउने फिल्म बनाएको भन्दै उनको आलोचना ठूलो भएको थियो । अर्पण थापा रोकिएनन् ।

अर्पण थापाले निर्मात्री शर्मिला पाण्डेको फिल्म निर्देशन गर्दैछन् । दिपेन्द्र के खनाल र शर्मिलाले मिलेर बनाउने घर फिल्मको निर्देशक अर्पण नै हुन् । शर्मिला पाण्डे जस्तो निर्माता पाउनु अर्पणका लागि ठूलो कुरा हो ।

तर, अर्पण थापाले फ्लप फिल्म निर्देशनमा ह्याट्रिक गरिसकेका छन् । अब, फेरि उनले घर फिल्म निर्देशन गर्दैछन् ।

अर्पण थापाले निर्मातालाई कसरी कन्भिन्स गर्छन् होला ? शर्मिला पाण्डेको घर उनले नविगारुन् । तर, उनी फ्लप फिल्मका हिट निर्देशक हुन् भन्दा के फरक पर्छ र ?