तिन फ्लप फिल्मपछी ‘घर’ बनाउदै अर्पण

तिन फ्लप फिल्म मुखौटा, आधा लभ र सुनकेशरी पछी कलाकार तथा निर्देशक अर्पण थापलले अर्को फिल्म ‘घर’ निर्देशन भएका छन् ।

फिल्म शर्मिला पाण्डे र दिपेन्द्र के खनालको निर्माणमा तयार हुन लागेको हो । फिल्ममा अर्पण मुख्य कलाकारका रुपमा रहने छन् । यस फिल्मको कथा समेत अर्पण कै रहने छ । ‘डिएस डिजिटल प्राइभेट लिमिटेड’ को ब्यानरमा फिल्म बन्न लागेको हो । बिहिबार एक कार्यक्रमका बीच निर्माण औपचारिक घोषणा गरिने फिल्मले सफल बनाउला नबनाउला त्यो भने हेर्न बाकी छ ।