बिष्णु माझीको ‘अभाव’ (भिडियो)

अविरत बोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा लोकदोहोरी गीत ‘अभाव’ सार्वजनिक भएको छ । गीतमा गणेश अधिकारीको शब्द तथा लय सिर्जना रहेको छ । गीतमा विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, सुजन शाहीको सम्पादन, स्मिृती तिम्सिनाको निर्देशन रहेको छ । गीतमा अविरल बोहरा,  सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको छ ।