सिटी सेन्टरमा कलाकारको जमघट

सेन्टरको चौँथो तल्लामा रहेको नाईन्टीन सेभेन्टी सेभेन फुड स्टेशनको उद्घाटनको अवसर मा कलाकारहरुको जमघट भएको छ । कलाकार मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’,  दीपकराज गिरी,  दीपाश्री निरौला, रबिन्द्र खड्का लगायतका कलाकारहरु काठमाण्डौको सिटि सेन्टरमा भेटिएका हुन्  ।

फुड स्टेसन यहि डिसेम्बर २१ मा ग्राण्ड ओपनिङ्ग भएको हो । कलाकारले उद्घाटनको अवसरमा स्टेशनमा पाईने विभिन्न परिकारहरु खाएका थिए । स्टेशनको जनवरी १ सम्म उद्घाटन सत्र रहेको छ ।

यो फुड स्टेसनमा चाईनिज, कोरिएन, कन्टिनेन्टल, बलिवुड बिरयानी,  दुबाई क्याफेटेरिया सहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थको मज्जा लिन सकिने छ । बिग मुभिज सिनेमा पनि सोही स्थानमा रहेकोले फिल्म हेर्न आउने दर्शकहरुले फिल्मको साथै विभिन्न प्रकारको खानाको मज्जा लिन सञ्चालक श्री मोहन कृष्ण श्रेष्ठले बताए ।

फुड स्टेशनलाई मोहन कृष्ण श्रेष्ठ, वाई एल लामा, शैलेस प्रजापती, मनिष राजभन्डारी, महेश कार्की र दिपक जोशीको ग्रुपले सञ्चालनमा ल्याएका हुन् । श्रेष्ठ नेपाली फिल्मका निर्माता समेत हुन् ।